ट्रेण्डिङ

होमपेज / खेलकुद

पुलिस च्याम्पियन बन्दा एपिएफ उपविजेतामा सीमित

३४औं राष्ट्रिय भलिबल प्रतियोगिता

नेपालगाथा २०८० पौष २६ गते बिहीबार २०:०४:०२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा सञ्चालन भएकाे  खुलामञ्चमा भएको ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।  फाइनल खेलमा नेपाल पुलिस क्लबले एपिएफ क्लवलाई ३-१ को सेटमा पराजित गरेकाे हो ।

प्रतिस्पर्धात्मक बनेको खेलकाे पहिलो सेट एपीएफले २५-२२ ले आफ्नो पक्षमा पारे पनि बाँकी तीन सेटमा पुलिस क्लवले २५-१९, २५-१८ र २५-२३ सेटमा जीत निकाल्दै च्याम्पियन बन्न सफल भएकाे हाे।

उपाधिसँगै पुलिसले १ लाख नगद रुपैयाँ पुरस्कार जितेको छ ।

आजै भएको तेस्रो स्थानको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्‍यो ।

प्रतियोगितामा विजेता पुलिस क्लबका स्पाइकर रविन चन्द सर्वोत्कृष्ट खेलाडी र पहल गहतराज उदीयमान खेलाडी घोषित भए । पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षकमा चुनिए ।

एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए । व्यक्तिगत उत्कृष्ट खेलाडीले ५-५ हजार रुपैयाँ हात पारे । पुस २० देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।

प्रतियाेगिताका विजेता टीम तथा खेलाडहरुलाई उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उपाधि, मेडल र नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top