होमपेज / खेलकुद
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ काे खेल तालिका सार्वजनिक भएकाे छ । जसमा नेपाल समूह ‘डी’ मा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिकाअनुसार समूह 'डी' मा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
समूह 'ए'मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड रहेका छन् भने समूह 'बी'मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह 'सी'मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी रहेका छन् ।