ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल सुपर लिग च्याम्पियनकाे उपाधि ललितपुर सिटी एफसीलाई 

नेपालगाथा २०८० पौष १४ गते शनिबार २१:०६:४६ मा प्रकाशित

काठमाडौं । दशरथ रंगशालामा शनिबार साँझ भएको फाइनलमा खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै नेपाल सुपर लिग फुटबलको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । पहिलो हाफमै खेल बराबरीमा ल्याएको ललितपुरले दोस्रो हाफमा दुई गोल र धनगढीले १ गाेल थप्दै ३–२ गोलले ललितपुर सिटी जित नजिक पुगेकाे हाे। ललितपुरका इमो इजक्वेलले दुई र दिनेश हेन्जनले एक गोल गरे ।

धनगढी दोस्रो हाफको अन्त्यतिर १० खेलाडीमा सिमित भएको थियो । दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काएपनि धनगढीले हार टार्न सकेन । दोस्रो हाफको सुरुआत मै ललितपुर सिटीले अग्रता लिएको थियो । खेलको ५०औं मिनेटमा ललितपुरका आदित्य शाक्यको पासमा दिनेश हेन्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५९औं मिनेटमा ललितपुरका इमोहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।

नेपाल सुपर लिगको दोस्रो संस्करणको उपाधी ललितपुर सिटीले हात पार्यो । फाइनलमा पराजित धनगढी एफसी दोस्रो पटक उपविजेतामा चित्त बुझाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top