ट्रेण्डिङ

होमपेज / खेलकुद

राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले लिए सन्यास

नेपालगाथा २०८० पौष ६ गते शुक्रबार २०:१६:२३ मा प्रकाशित

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । उनले झापासँगको खेलपछि पत्रकारसित सन्यासको घोषणा गरेका हुन् ।

उनले भारतको बैंगलोरमा भएको साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको बताए । एक दशकको प्रतिक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ भारतसँगको खेलमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए । राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो ।

०५९ मा एन्फा एकेडेमीमा आवद्ध भएका उनी खेलाडीका रूपमा २०६६ सालसम्म त्यहीं रहे र यसकै प्रतिनिधित्व गर्दै केही घरेलु प्रतियोगिता पनि खेले । त्यहाँबाट निस्केयता उनको पहिलो क्लब रह्यो, मनाङ मर्स्याङ्दी ।

मनाङको पहिलो रोजाइका गोलरक्षकका रूपमा उनी त्यहाँ दस वर्षजति रहे । उनले शहीद स्मारक लिग ‘ए’ मा मनाङका लागि वर्ष ०६६/०६७ को संस्करणमा डेब्यु गरे ।त्यसपछि घरेलु फुटबलमा उनको अर्को क्लब रह्यो, मछिन्द्र । उनी ०७६ सालदेखि मछिन्द्रमा आवद्ध छन् ।

नेपाल सुपर लिग एनएसएलमा यसपालि चितवन एफसीमा मार्की खेलाडीका रुपमा आवद्ध भएका उनी कप्तान पनि हुन् । उनले पहिलो संस्करणको एनएसएलमा बुटवल–लुम्बिनी एफसीका लागि खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top