होमपेज / खेलकुद
दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न १३ वटा माध्यमिक विद्यालयहरूमा खेलकुद सामग्री वितरण गरिएको छ । खेलकुदको विकासका लागि आइतबार चामुण्डा मावि हाडाकोट, आनन्द मावि चापागाउँ, कालिका मावि नेत्रपानी, हिमालय मावि तिजडाँडा, धर्मदेव मावि आयरपाटा र भैरव मावि बास्ठाँनामा खेलकुदका सामग्री वितरण गरिएको थियो ।
यसैगरी जनता मावि लौनचौर, विन्द्रासैनी मावि विन्द्रासैनी, भैरव मावि डौसुर, जनता मावि मष्टामाडु, जनता मावि बस्तेकोट र ओमकोट मावि ओमकोटमा खेलकुद सामाग्री वितरण गरिएको नगर खेलकुद विकास समितिमा अध्यक्ष दशरथ शाहीले जानकारी दिए ।
जयदेव मावि जम्बुकाँधमा यस अघि नै खेलकुद सामाग्री वितरण गरिएकोमा वितरण गर्न बाँकी रहेका सामाग्री मंगलबार वितरण गरिने चामुण्डा विन्द्रासैनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
खेलकुद सामग्री वितरण गर्दै नगरपालिका प्रमुख गणेश कुमार शाहीले खेलकुद स्वास्थ्य र शिक्षासँग जोडिएकाले सम्पूर्ण विधार्थी भाइ बहिनीले शिक्षा र खेलकदुलाई सँगसंगै लिनुपर्ने बताए । उनले आसन्न १४औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा खेलाडीको सफलताको कामना समेत व्यक्त गरे ।
चामुण्डा विन्द्रासैनी नगरपालिको आर्थिक वर्ष ०८०।०८१ को समानिकरण अनुदान अन्र्तगत विनियोजित बजेट शीर्षक अन्तर्गत सामाग्री वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
करिब ३ लाख ५० हजार बराबरको सामाग्रीमा भलिबल, नेट, पम्प, सटपट, जेभलिङ्ग थ्रो, हाइजम्प स्ट्याण्ड लगायतका सामाग्री रहेका छन् ।