ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल अफगानिस्तानसँग पराजित

नेपालगाथा २०८० मंसिर २४ गते आइतबार २१:००:१४ मा प्रकाशित

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानसँग हार व्यहोरेको छ । आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

नेपाल ४०.१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । १ सय ८ बल खेलेका अर्जुनले १३ चौका प्रहार गरे । नेपाल अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विपिन रावल ०, दीपक बोहरा १५, उत्तम मगर ४, आकाश त्रिपाठी ०, गुल्सन झा १७, दीपेश कडेँल ११, र कप्तान देव खनाल २४ रन बनाएर आउट भए ।

नेपाललाई सस्तोमा समेट्न अफगानिस्तानका फरिदुन दाउदजई र नसीर खान मारुफखिलले ३–३ विकेट लिए ।यसअघि दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २–२ विकेट लिए । आकाश चन्द्र र दीपेश कँडेलले १–१ विकेट लिए । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अब मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top