ट्रेण्डिङ

होमपेज / खेलकुद

निर्धारित मितिमै दशौं राष्ट्रिय खेलकुद हुने

नेपालगाथा २०८० मंसिर २१ गते बिहीबार २१:५३:४९ मा प्रकाशित

सुर्खेत |  युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले दशौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधिन रंगशालाको अवलोकन गर्ने क्रममा भवितव्य परेको अवस्थामा बाहेक निर्धारित मितिमै प्रतियोगिता हुने बताएका हुन् । 

भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै अब पूर्वाधारको अभावमा प्रतियोगिता प्रभावित नहुने विश्वास व्यक्त गरे ।  त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८१ मंसिरमा दशौ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने बनाए ।

दशौं राष्ट्रिय देलकुदको पूर्व तयारीका लागि आवश्यक परार्मशका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको थियो ।

आठ विगाह क्षेत्रफलमा निर्माण भईरहेको रंगशालाको हालसम्म ७० प्रतिशत बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए । आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम भएको भन्दै सन्ज्यालले बहुउदेश्य सहित मार्सल आर्ट र व्याडमिन्टनका समेत तीन वटा कभर्डहल निर्माण भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top