होमपेज / खेलकुद
काठमाडाैं | एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको संयुक्त अरब ईमिरेट्स ( यूएई) प्रस्थानका लागि बिदाइ भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार बिदाइ टाेलीकाे विदाइ गरेको हो ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले बिदाइ गरेका छन् ।
मंसिर २२ देखि पुस १ सम्म हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र यूएई रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
नेपालले मंसिर २२ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपाली टोलीको कप्तानी देव खनालले गर्दैछन् ।