होमपेज / खेलकुद
काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै नेपाल सुपर लिगमा विजयी सुरुआत गरेको छ । राजिव लोप्चनले गरेको गोल काठमाडौंको जितमा निर्णायक बन्यो ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा सम्पन्न खेलमा ५१औँ मिनेटमा राजिव लोप्चनले गरेको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । राजिव दोस्रो हाफमा प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
आजदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिम सहभागी छन्। प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।