ट्रेण्डिङ

होमपेज / खेलकुद

अस्ट्रेलियाविरुद्ध भारतको ११४ रन पूरा

आईसीसी एकदिवसीय विश्वकप

नेपालगाथा २०८० मंसिर ३ गते आइतबार १५:४४:५५ मा प्रकाशित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतले ११४ रन पूरा गरेको छ ।

भारतको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको घरेलु टिमले १९.२ ओभरमा तीन विकेट गुमाएर १०० रन पुर्याएको हो ।

अहिले भारतका तर्फबाट विराट कोहली र केएल राहुल क्रिजमा  छन् । त्यसअघि, भारतका ओपनरद्वय कप्तान रोहित शर्माले ४७ रन बनाउँदा सुभमन गिल र श्रेयस ऐयरले समान चार रन बनाएका थिए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र कप्तान प्याट कुमिन्सले समान एक/एक विकेट लिए । हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन् ।

प्रतियोगितामा भारत एक मात्र अपराजित टिम हो । भारतले समूह चरणको खेलमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top