होमपेज / खेलकुद
कात्तिक । विश्वकप क्रिकेटको फाइनल जित्ने टिमले विश्वकप ट्रफीका साथै ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ । फाइनल आइतबार भारतको अहमदावादमा हुँदैछ । फाइनलमा घरेलु टोली भारत र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछन् ।
उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ । सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८-८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् ।
समूह चरणबाटै घर फर्केका ६ टिमले भने १-१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् । यसका साथै लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन् ।