ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली महिला क्रिकेटकाे कप्तान परिवर्तन

नेपालगाथा २०८० कार्तिक २३ गते बिहीबार १८:०२:५६ मा प्रकाशित

काठमाडौं । नेपाली महिला क्रिकेट टाेलीकाे कप्तान परिवर्तन भएकाे छ । नयाँ कप्तानकाे जिम्मेवारी इन्दू बर्माले पाएकी छिन् । हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी अब इन्दु बर्माले गर्नेछिन् ।

गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो ।

‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो । उहाँँहरुले अफिसियल मेल मार्फत नै जानकारी गराएपश्चात हामीले विशेषत यो सिरिजका लागि इन्दुको कप्तानी परीक्षण र नयाँ पुस्तालाई जिम्मेवारी दिन तयार गर्न खोजेका हौं’, उनले भने ।

इन्दुको कप्तानी सही सावित भए उनले निरन्तरता पाउन सक्ने खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top