ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र ओमान विश्वकप छनोट

नेपालगाथा २०८० कार्तिक १७ गते शुक्रबार १४:३७:२० मा प्रकाशित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा छनोटमा यूएईलाई हराउँदै नेपाल र बहराइनलाई हराउँदै ओमान एसियालीबाट विश्वकपमा छनोट भएका छन्। आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा नेपाल र ओमान छनोट भएको हुन्। 

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो । आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।

नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन जोडे । रोहित पौडेलले अविजित ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । २६ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले गुल्सनसँग दोस्रो विकेटका लागि ४१ र रोहितसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

त्यसअघि यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेकाे थियाे । यूएईका भृत्य अरविन्दले ६४ रन बनाए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे ।

बहराइनलाई हराउँदै ओमान पुग्यो विश्वकप

बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ । कीर्तिपुर मैदानमा बहराइनले दिएको १०७ रनको चुनौती भेटाउँदै विश्वकपमा छनोट भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओमानले बिना विकेट ३५ बल बाँकी रहँदै सहज जित निकाल्यो । ओमानका लागि कश्यप प्रजापतीले अविजित ५७ रन बनाए । प्रतिक अथाभाले ४८ रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top