ट्रेण्डिङ

होमपेज / खेलकुद

यूएईले टस जितेर ब्याटिङ राेज्याे, नेपाल बलिङ गर्दै

नेपालगाथा २०८० कार्तिक १७ गते शुक्रबार १०:४९:२१ मा प्रकाशित

काठमाडौं । टी- २० विश्वकप क्वालिफायरको सेमिफाइनलमा टस जितेर यूएईले पहिले ब्याटिङ राेजेकाे  छ । खेल मुलपानी किक्रेट मैदानमा हुँदैछ ।

नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्न लागेकाे हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top