ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालले आज यूएईलाई हराएमा विश्वकपमा छनोट हुने 

नेपालगाथा २०८० कार्तिक १७ गते शुक्रबार ०९:३३:०३ मा प्रकाशित

काठमाडौं । विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग निर्णायक खेल खेल्दै छ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह ए को उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top