ट्रेण्डिङ

होमपेज / खेलकुद

आइसीसी टि २० विश्वकप एसिया क्षेत्र छनाैटमा मलेसियालाई हराएर नेपाल सेमिफाइनलमा

नेपालगाथा २०८० कार्तिक १४ गते मंगलबार १९:२१:३४ मा प्रकाशित

काठमाडौं। नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरेकाे छ । समूह ‘ए’ बाट नेपाल र ओमानले मङ्गलबार लगातार दोस्रो जित हात पारेका हुन् । यी दुई टिमबीच बिहीबार हुने भिडन्तले समूह ए विजेताको छिनोफानो गर्नेछ । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकटको क्षतिमा १६५ रन बनाएकाे थियो । तर दुई कुशलले विस्फोटक ब्याटिङ गरेपछि नेपालले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा १६६ रन बनाएर लक्ष्य हासिल गरे ।

मल्लले मात्र ३४ बलमा सर्वाधिक ६५ रन बनाए। १९ वर्षीय मल्लले म्यान अफ दि म्याच बनेर ५० हजार रुपियाँ पनि प्राप्त गरे। प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले २५ बलमा चार चौका र चार छक्कासहित ४३ रन बनाएर आफू पछि आउने ब्याट्सम्यानलाई ब्याटिङ गर्न सहज बनाएका थिए ।

भुर्तेल र आसिफ शेखले मिलेर पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी बनाएका थिए । जसमा भुर्तेलले ४३ रन बनाएका थिए । भुर्तेल आउट भएपछि तेज गतिमा खेलेका आसिफ २३ बलमा एक चौका र दुई छक्कासहित ३४ रन बनाएका थिए। कप्तान रोहित पौडेलले आज दुई रनकाे मात्र योगदान दिए।  सन्दीप जोरा १८ र विवेक यादव दुई रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top