ट्रेण्डिङ

होमपेज / खेलकुद

टी–२० विश्वकपमा नेपालको सुखद सुरुवात

सिंगापुरमाथि ८ विकेटको जित

नेपालगाथा २०८० कार्तिक १३ गते सोमबार १४:०१:५१ मा प्रकाशित

काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सोमबार भएको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top