ट्रेण्डिङ

होमपेज / खेलकुद

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

नेपालगाथा २०८० कार्तिक १३ गते सोमबार ११:०७:१३ मा प्रकाशित

काठमाडौं ।  घरेलु टिम नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो । सिंगापुरले स्कोरबोर्डमा खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । तर, त्यसपछि दोस्रो विकेटका निमित रंगराजने सुरेन्द्रन चन्द्रमोहनसँग ५२ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ्स सम्हालेका थिए । चन्द्रमोहन ६ रनमा पभेलियन फर्किए । आर्यावीर चौधरीले ३७ रन थपे । मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए । सिंगापुरका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका तीन ब्याटर ‘डक’ भएका थिए ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र करण केसी समान दुई विकेट लिए । आजदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यसपछि नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top