ट्रेण्डिङ

होमपेज / खेलकुद

रोहित पौडेलको कप्तानीमा टी- २० विश्वकप क्वालिफायरकाे टीम घोषणा

कार्तिक १३ गतेदेखि २० गतेसम्म टी- २० विश्वकप घरेलु मैदानमा हुने

नेपालगाथा २०८० कार्तिक ११ गते शनिबार ०८:५८:०० मा प्रकाशित

काठमाडौं । टी २० विश्वकप क्वालिफायरका लागि नेपाली टीमकाे घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा सन्दीप लामिछानेकाे कमब्याक भएकाे छ। यसअघि त्रिकोणात्मक टी २० सिरिजमा लामिछानेले खेलेका थिएनन् ।

उनले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी २० सिरिजबाट आफ्नाे नाम हटाउन लगाएका थिए ।

आइसिसी टी २० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ गतेदेखि २० गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । १५ सदस्यीय टीममा अन्य खेलाडी परिवर्तन गरेकाे छैन ।

टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी  समावेश छन् ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् भने  समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top