ट्रेण्डिङ

होमपेज / खेलकुद

यूएईमाथि नेपालको सहज जीत

नेपालगाथा २०८० कार्तिक १ गते बुधबार २१:४४:२२ मा प्रकाशित

काठमाडौं । नेपालले घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

नेपालको जीतमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए ।

 त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए ।

 यस्तै अली नासिरले पनि ३२ रन जोडे । हमिद र नासिरबीच पाँचौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो । ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन् ।

नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एकएक विकेट हात पारे । करनले चार ओभरमा केवल १९ रन खर्चिए ।

विश्वकप छनोटकाे तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top