होमपेज / खेलकुद
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालले आज घरेलु मैदानमा लाओसविरुद्ध खेल्दैछ । होम एण्ड अवेका आधारमा हुने प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंमा हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा साढे ५ बजे सुरु हुनेछ ।
नेपाली फुटबलको भविष्यको लागि नै महत्वपूर्ण रहेको यस खेलको पहिलो खेलमा घरेलु दर्शकको अगाडि सुखद नतिजा ल्याउने नपालको अपेक्षा छ । इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यस खेलका लागि एकदिनअघि २३ सदस्यीय टोली घोषणा गरेका थिए । जसमा अमृत श्रेष्ठ र सन्जिव विष्ट दुई नयाँ अनुहार छन् ।
अनुभवी खेलाडीहरु विदेश पलायन हुने क्रम जारी हुँदा राष्ट्रिय टिममा अहिले नयाँ युवा खेलाडीहरुको बाहुल्य रहेकाे छ ।