ट्रेण्डिङ

होमपेज / खेलकुद

माल्दिभ्सलाई नेपालले दियो २१३ रनको लक्ष्य

नेपालगाथा २०८० आश्विन १४ गते आइतबार १०:१०:१७ मा प्रकाशित

काठमाडौं । १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायाे ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाए । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top