ट्रेण्डिङ

होमपेज / खेलकुद

क्यान सचिवमा पारस प्रशान्तभन्दा ८ मतले अगाडि

नेपालगाथा २०८० आश्विन ६ गते शनिबार १६:५३:०२ मा प्रकाशित

काठमाडौं ।  ५० मतको गणना भइसक्दा सचिवमा पारस खड्काले अग्रता लिएका छन् । उनले २९ मत ल्याएका छन् भने प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले २१ मत ल्याएर पछ्याइरहेका छन् । चुनावमा ८५ मत खसेको थियो । पारस अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका हुन् भने प्रशान्तले ‘स्वतन्त्र’ उम्मेदवारी दिएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । अध्यक्षसहित ३ पदाधिकारी र तीन केन्द्रीय सदस्य सर्वसम्मत चयन हुँदा सचिव र १० केन्द्रीय सदस्यको निर्वाचन भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top