ट्रेण्डिङ

होमपेज / खेलकुद

पाकिस्तानलाई भारतले दियाे ३५७ रनको विशाल लक्ष्य

नेपालगाथा २०८० भाद्र २५ गते सोमबार १९:१४:१५ मा प्रकाशित

काठमाडाैं। आज भएकाे एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा पाकिस्तानलाई भारतले ३५७ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोड्यो । भारतका विराट कोहली र केएल राहुल दुवैले सतक बनाए ।

कोहली १२२ र राहुल १११ रनमा अविजित रहे । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरेका हुन् ।

कोहलीले ९४ बलमा ३ छक्का र ९ चौका प्रहार गरे । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७औं शतक बनाएका छन् । उनले १३ हजार रन पनि पूरा गरेका छन् । यस्तै राहुलले १०६ बलमा २ छक्का र १२ चौका हिर्काए ।

भारतले पाकिस्तानविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै धेरै रन बनाएको छ । वर्षाले रोकिएर रिजर्भ डेमा सोमबार २४.१ ओभरमा १४७/२ को स्थितिबाट भारतले पाली अगाडि बढाएको थियो ।

भारतले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरेको थियो । रोहित शर्माले ५६ र सुभमन गिलले ५८ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top