होमपेज / खेलकुद
काठमाडाैं | क्रिकेटमा बलियो मानिएको भारतलाई नेपालले सम्मानजनक प्रदर्शन गर्दै २३१ रनको चुनौती पेश गरेको छ । नेपालले सम्हालिएको ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको हाे ।
आशिफ शेखले सबैभन्दा बढी ५८ रन बनाएका छन् । त्यस्तै सोमपाल कामीले ४८ रन तथा कुशल भर्तेलले ३८ रन बनाएका छन् । यसैगरी गुल्सन झा २३ रन बनाएर आउट भए ।
लगातार विकेट जाँदा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले अर्धशतकीय पार्टनरसीप गरेपछि नेपालले दुई सय रन पार गरेको हो । यस क्रममा ऐरीले २९ र कामीले ४८ रन बनाएका हुन् ।
नेपालका लागि सन्दीप लामिछानेले ९, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ र कुशल मल्ल २ रन बनाएर आउट भए । ललित राजबंशी शून्य रनमा आउट भए ।
भारतले २.१ ओभरमा १७ रन बनाएर ब्याटिङ गरिरहेकाे छ भने अहिले वर्षातका कारण खेल राेकिएकाे छ ।