होमपेज / खेलकुद
काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार बिहान पाकिस्तान जाने भएका छन् । सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो ।
उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुनेछ । उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।
त्यसको चार दिनपछि नेपालले भारतसँग दोस्रो खेल खेल्नेछ । मुद्दाको पेशी भदौ २१ गते तोकिएकाले त्यसअगावै सन्दीप काठमाडौँ फर्कने जानकारी पनि कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए ।