ट्रेण्डिङ

होमपेज / खेलकुद

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपालगाथा २०८० असार १५ गते शुक्रबार १४:३४:५४ मा प्रकाशित

काठमाडौं। एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपाल पुगेको छ। समूहका दुवै खेल जितेर नेपाल अन्तिम चारमा पुगेको हो।

नेपालले दोस्रो तथा अन्तिम खेलमा शुक्रबार मलेसियालाई ८४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३३-४ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रन जोडेको थियो।

नेपालका अशोक धामीले ५२ र सुर्यांसु कोइरालाले २९ रन जोडे। मलेसिया ३०.५ ओभरमा ९९ रनमा समेटियो। नेपालका अशोक धामीले १४ रन खर्चिएर ४ विकेट लिए। अभिषेक तिवारीले पनि ३ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top