ट्रेण्डिङ

होमपेज / खेलकुद

मलेसियाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी

नेपालगाथा २०८० जेठ १६ गते मंगलबार ११:५०:३८ मा प्रकाशित

काठमाडौँ । मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा पराजय भोगेको नेपालले मलेसियालाई दोस्रो खेलमा ७ विकेटले हरायो । यससँगै सिरिज १-१ को अवस्थामा पुगेको छ ।

जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा सर्वाधिक २९ रन बनाइन् । उनले ३ चौका र १ छक्का हिर्काइन् । कविता कुँवरले २६ रन तथा सिता राना मगरले २३ रन जोडे । सिताले २२ बलको सामना गर्दा २ चौका र १ छक्का हिर्काइन् । जारी सिरिजमा छक्का हिर्काउन सिता पहिलो खेलाडी हुन् ।

यसअघि पहिलो खेल मलेसियाले ५ विकेटले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top