होमपेज / खेलकुद
हुम्ला । हुम्लामा भएको प्रथम कर्णाली करिडोर म्याराथन २०८० जुम्लाका शेरबहादुर अधिकारीले जितेका छन् । सरिसल्लादेखि सर्केगाडसम्म ९ किलोमिटर दुरीमा भएकाे उक्त प्रतियाेगितामा अधिकारीले ३७ मिनेट ४८ सेकेन्डमा पूरा गरेसँगै प्रथमकाे उपाधि हात पारेका हुन्।
"कर्णााली करिडाेर मूत्यु मार्ग हैन स्वर्ग बनाऔँ" भन्ने मूल मर्मका साथ 'जैविक विविधता संरक्षण र पर्यापर्यटनका लागि खेलकुद' नारासाथ सञ्चालन भएकाे उक्त प्रतियाेगिता रोय गैरी साँया युवा क्लब हुम्लाले आयाेजना गरेकाे थियाे ।
३७ मिनेट ४९ सेकेन्डमा पूरा गरेर जुम्लाकै प्रकाश कठायत दाेस्राे भएकाे आयाेजकले बताएकाे छ। यस्तै हुम्लाका सर्जन रावलले ३९ मिनेट ५५ सेकेन्ड लगाएसँगै तेस्रो हुन सफल भएका छन् ।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैयाँसँगै प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिएको छ । २१ जनाको सहभागिता रहेको उक्त प्रतियाेगिताकाे उद्घाटन कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले गरेका थिए ।
१६औँ गणतन्त्र दिवसकाे अवसरमा सञ्चालन गरिएकाे प्रतियाेगिताकाे मुख्य प्रयोजक कर्णाली प्रदेश खेलकुद परिषद् र सर्केगाड गाउँपालिका रहेका थिए भने प्रायोजक तेस्रो ध्रुव संरक्षण, रुफट फाउन्डेसन, कर्णाली फुडल्यान्ड, हिमज्याेति बहुमुखि क्याम्पस र श्रेया कन्स्ट्रक्सन प्रालिकाे रहेकाे थियाे ।