ट्रेण्डिङ

होमपेज / खेलकुद

काभा महिला भलिबल च्यालेन्ज कप २०२३ काे उपाधि भारतलाई

नेपालगाथा २०८० जेठ १४ गते आइतबार १८:०६:३४ मा प्रकाशित

काठमाडौं । काजकिस्तानलाई ३-० को सोझो  सेटमा पराजित गर्दै भारत काभा महिला भलिबल च्यालेन्ज कप २०२३ काे च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा लगातार ३ सेटकाे जीतसँगै भारत च्याम्पियन बनेकाे हाे ।

उक्त खेलकाे पहिलो सेटमा २५-१५, दोस्रो सेटमा २५-२२ र तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेकाे हाे। आजै भएको खेलमा उज्वेकिस्तानविरुद्ध ३–१ सेटको नतिजामा जित निकाल्दै नेपालले तेस्रो स्थान हासिल गरेको थियो।

जेठ आठ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ देशकाे सहभागिता रहेकाे थियाे ।जसमा आयोजक नेपाल, भारत, किर्गिस्तान, बंगलादेश, उज्वेकिस्तान, श्रीलंका, काजकिस्तान र माल्दिभ्सकाेे सहभागिता रहेकाे  थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top