ट्रेण्डिङ

होमपेज / खेलकुद

उज्वेकिस्तानलाई हराउँदै काभा महिला भलिबलमा नेपाल बन्यो तेस्रो

नेपालगाथा २०८० जेठ १४ गते आइतबार १४:२६:१४ मा प्रकाशित

काठमाडौँ । उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएकाे छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो ।

खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकालेकाे हाे। प्रतियोगितामा उज्वेकिस्तान चौथो स्थानमा रह्यो भने श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाैँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रहेका छन् ।

प्रतियोगिताको उपाधिका लागि भने आज भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।    

प्रतिक्रिया

सम्बन्धित खवर

Top