होमपेज / खेलकुद
सुर्खेत । ‘दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्तको उपाधि नुवाकाेटका कमल लामा (नुवाकोटे टाइगर)ले हात पारेका छन् । ‘सबैका लागि खेलकुद’ भन्ने नारासाथ सञ्चालन भएकाे उक्त महाभिडन्तमा हेभीवेटतर्फ किङ रोबर्टलाई पराजित गर्दै नुवाकोटे टाइगरले उपाधि जितेका हुन् । जितसँगै टाइगरले प्रशंसापत्र र मेडल सहित नगद रु १ लाख ५ हजार हात पारेका छन् ।
.jpg)
७२ औं मदन स्मृति तथा मदन जयन्तीको अवसरमा मदन भण्डारी स्पाेर्टस एकेडेमी केन्द्रीय रिङ्ग रेस्लिङ्ग विभागद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित उक्त महाभिडन्त शनिबार सम्पन्न भएकाे हाे ।
वीरेन्द्रनगरकाे खुल्लामञ्चमा भएको भिडन्तमा हार्डकोरतर्फको एक अर्को खेलमा सिन्धुपाल्चाेकका चट्टान विजयी भएका छन् । उनले साइनलाई हराउँदै प्रशंसापत्र र मेडल सहित नगद रु ७५ हजार हात पारेका हुन् । यता, मिडल वेटतर्फ साइनले डेभिडलाई हराएका थिए। साइनले प्रशंसापत्र र मेडल सहित नगद रु ७० हजार जितेका हुन्।
.jpg)
ट्याग टिमतर्फको भिडन्त टुपी ग्याङ र एक्स हिरो एन्ड सुजलकाे टिमबीच भएकाे थियाे । दुई-दुई जनाकाे बीचमा भएकाे यस खेलमा टुपी ग्याङलाई पराजित गर्दै एक्स हिरो एन्ड सुजलकाे टिमले जित हात पारेका थिए । उनले प्रशंसापत्र र मेडल सहित नगद रु ५० हजार जितेका हुन्।
.jpg)
महिला र पुरुषहरुबीच अलग-अलग भएकाे लाइटवेट भिडन्तमा महिलातर्फ आकृतिलाई हराउँदै तन्नुले जित हार पारेकी छन्। उनले प्रशंसापत्र र मेडल सहित नगद रु ६० हजार प्राप्त गरिन्। भने पुरुषतर्फ कम्ब्याट कर्मालाई पराजित गर्दै सिजे वर्ल्ड विजयी भएका छन्। उनले प्रशंसापत्र र मेडल सहित नगद रु ४० हजार प्राप्त गरेका छन् ।
.jpg)
एकेडेमीका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेज विक्रम बस्नेतकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त महाभिडन्तमा विजेताहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, एकेडेमीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज बस्नेत, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह, मदन भण्डारी फाउन्डेशनका केन्द्रीय सदस्य टीका विष्ट, प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वमित्र सञ्ज्याल, एकेडमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, सचिव सञ्जु महर्जन लगायतका अतिथिहरुले सम्मान तथा पुरस्कार वितरण गरेका थिए।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)