ट्रेण्डिङ

होमपेज / खेलकुद

प्रथम कर्णाली करिडोर म्याराथुन २०८० हुम्लामा जेठ १५ गतेहुने 

नेपालगाथा २०८० जेठ १० गते बुधबार १४:०१:२४ मा प्रकाशित

सिमकोट ।  हुम्ला जिल्लामा पहिलो पटक प्रथम कर्णाली  करिडोर म्याराथुन २०८० को आयोजना हुने भएको छ । 

कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश सहित उक्त म्याराथुनको आयोजना गर्न लागिएको आयोजक रोयल गैरी साँया युवाक्लवका सचिव कविन्द्र शाहीले जानकारी दिए ।

यही जेठ १५ गतेदेखि आयोजना हुन लागेको बताएका शाहीका अनुसार म्याराथुनमा दुर्गम हुम्ला जिल्ला ईतिहासको पहिलो पटक राष्ट्रिय सडक सन्जालसँग नजोडिएको एक मात्र जिल्ला हुम्लामा गणतन्त्र दिवसको अवसरमा कर्णाली करिडोर मृत्यु मार्ग हैन स्वर्ग मार्ग बनौ र जैविक विविधता संरक्षण तथा पर्यापर्यटनको लागि खेलकुद भन्ने सन्देश फैलाउने उद्देश्य छ । 

‘कर्णाली कोरिडोरको सलिसल्ला देखि सर्केगाडसम्म ७ किलोमिटर प्रथम खुला कर्णाली करिडोर म्याराथुन–२०८० हुने भएको छ,’ सचिव शाहीले भने ‘हुम्लाको प्रख्यात सलिसल्ला बजारबाट सुरु हुने यो म्याराथन सर्केगाड केन्द्रमै  पुगेर समापन गरिने छ ।’ यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । म्याराथनमा महिला, पुरुष सबैले सहभागिता हुन पाउने व्यवस्था गरिएको छ ।

‘प्रथम कर्णाली  करिडोर म्याराथनले तल्लो हुम्लाको खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ’, म्याराथुनका संयोजक अनुपराज शाहिले थपे, ‘गणतंत्र दिवसको दिन सुन्दर सर्केगाड केन्द्रबाट  भाइचारा र विश्व शान्तिको सन्देश फैलाउनकै लागि पनि यसको आयोजना गरिएको हो ।’ “जैविक विविधता संरक्षण र पर्यापर्यटनका लागि खेलकुद“ भन्ने मूल नाराका साथ शुरु हुने प्रथम कर्णाली कोरीडोर म्याराथन २०८० ले विश्वभर कर्णाली कोरीडोरलाई मृत्यु मार्गका रुपमा हेरिनु भन्दा यो त स्वर्ग मार्ग हो भन्ने सन्देश फैलाइने छ ।

म्याराथुनमा भाग लिन कुनै शुल्क नलाग्ने बताएको रोयल गैरीसाँया यूवक्लवले जेठ १२ गतेदेखि नाम दर्ता गर्ने समय राखेको छ । म्याराथुनमा पहिलो हुने खेलाडीले रु २५ हजार नगद, ट्र्फी, मेडल  र प्रमाण पत्र, दोस्रोले रु १५ हजार नगद, मेडल  र प्रमाण पत्र,  तेस्रोले रु ५ हजार नगद, मेडल  र प्रमाण पत्र पाउने छन् ।

रोयल गैरी सायां युवा क्लबले आयोजना गर्ने म्याराथुनमा कर्णाली प्रदेश खेलकुद परिषद, सर्केगाड गाउँपालिका, कर्णाली फुडल्याण्ड, तेस्रो धुव्र संरक्षण, द रुफोड फाउन्डेशन, श्रेया कन्ट्रक्सन प्रा.लि. र हिमज्योती बहुमुखी क्याम्पस लगायतका संघसंस्थाको सहकार्य रहेको छ । नेपालबाेट बाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top