होमपेज / खेलकुद
सुर्खेत । 'दोस्रो मदन भण्डारी रिङ्ग, रेस्लिङ्ग महाभिडन्त'को राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीकाे आयाेजनामा ७२औँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा जेठ १३ गते शनिबारबाट सुर्खेतमा उक्त भिडन्त सुरु हुन लागेको हो।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गरेर उक्त कुरा सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष गरी विभिन्न क्याटोगोरीमा प्रतिस्पर्धा हुने मदन भण्डारी स्पाेर्टस एकेडमीका उपाध्यक्ष तेजबिक्रम बस्नेतले जानकारी दिनुभयाे ।
जस अन्तर्गत लाइट वेटतर्फ सिजे वर्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ । यसका साथै महिला तर्फ तन्नु र आकृती भिड्ने छन् भने ट्याग टिम भिडन्त टुप्पी ग्याङले सुजनको टिमसँग तथा एक्स हिरोका बीच हुनेछ। हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् भने लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो सँगै नुवाकोटे टाइगर र किङ रोर्वाट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।
प्रतियोगितामा लाइट वेटतर्फकाे विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार प्राप्त गर्नेछन् । यसैगरी मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकाेर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु एक लाख ५ हजार प्राप्त गर्नेछन् ।
साथै प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटकको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।
.jpg)