होमपेज / खेलकुद
काठमाडौँ । आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालको स्थान यथावत रहेको छ । आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १४ औँ स्थानमा यथावत रहेको छ ।
नेपालले पछिल्लो समय लगातार जित हात पार्दै १९ औँ स्थानबाट १४ औँ स्थानसम्म आइपुगेको छ । बलिङतर्फ भने सन्दीप लामिछाने २२ औँ, दिपेन्द्र सिंह ऐरी ५३ औँ, सोमपाल कामी ६८ औँ तथा करण केसी ९५ औँ स्थानमा रहेका छन् ।
एकदिवसीयको ब्याटिङतर्फ रोहित कुमार पौडेल ६५ औँ तथा आशिफ शेख ७४ औँ स्थानमा छन् ।