ट्रेण्डिङ

होमपेज / खेलकुद

एसिया कपमा पुग्न नेपाललाई युएईको ११८ रनकाे लक्ष्य

नेपालगाथा २०८० बैशाख १९ गते मंगलबार १०:१३:३८ मा प्रकाशित

काठमाडौं । युएईले नेपाललाई एसिया कपमा पुग्न १ सय १८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा १ सय १७ रनमा अल आउट भयो ।

सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट भयो ।

खेल स्थगित भएपछि मंगलबार त्यहिँ अवस्थाबाट खेल सुरु भएको थियो । मंगलबार युएईले १५ औं बलमा रनको खाता खोलेको थियो । अन्तिम विकेटको रुपमा जुनैद सिद्दिक १७ बलमा १ छक्कासहित १० रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

अहिले नेपालले ब्याटिङ गरिरहेकाे छ । पछिल्लाे ताजा परिणाम अनुसार ९ ओभरमा ३ विकेट गुमाउदै नेपालले २३ रन बनाएकाे छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top