ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र यूएईकाे खेल भोलि आजकै अवस्थाबाट शुरु हुने

नेपालगाथा २०८० बैशाख १८ गते सोमबार १६:२७:२१ मा प्रकाशित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र यूएई बीचको फाइनल खेल वर्षाका कारण सोमबार सुचारु हुन नसकेपछि खेल स्थगित भएकाे हो । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार भाेलि मंगलबारकाे खेल आजकै अवस्थाबाट सुरु हुनेछ ।

आजकाे खेलमा युएइले २७ ओभर ३ बलमा ९ विकेट गुमाएको छ । वर्षका कारण खेल प्रभावित भए दुई पटकसम्म सुपर ओभर खेलाएर नतिजा निकाल्ने प्रयास हुनेछ । तर सुपर ओभर पनि सम्भव नभए प्रतियोगिताको वरीयता अर्थात आईसीसीको एकदिवसीय वरीयता अनुसार विजेताको टुंगो लाग्नेछ ।

आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४औँ स्थानमा रहँदा यूएई भने १९ औँ स्थानमा छ । वरीयताअनुसार नेपाल नै विजेता घोषित हुनेछ ।

यसरी एसीसी प्रिमियर कपको विजेताले भने पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top