होमपेज / खेलकुद
सुर्खेत । १३औँ केन्द्रस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कर्णालीले भलिबल खेलमा पहिलो पटक स्वर्ण पदक जितेर छ । दशरथ रंगशालाको कर्बड हलमा आयोजित उक्त प्रतियोगितामा सहभागी कर्णालीले छात्रतर्फ गण्डकीलाई पराजित गर्दै जित हात पारेको हो।
कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेलेको थियो । फाइनलमा वेस्ट अफ फाइभ खेलाइएको खेलमा पहिलो सेट कर्णालीले जितेको थियो भने दोस्रो र तेस्रो सेट गण्डकीले जितेको थियो । भने चौथो र पाचाैँ सेट लगातार कर्णालीले जित हात पारेकाे हाे ।