ट्रेण्डिङ

होमपेज / खेलकुद

कुवेतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन

नेपालगाथा २०८० बैशाख १६ गते शनिबार १५:२२:२४ मा प्रकाशित

काठमाडौं । नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको छ । २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ७.४ ओभरमा ५ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू आउट गरे ।

करण केसीको तेस्रो ओभरको चौथो बलमा मिडअनमा ललित नारायण राजवंशीले एक हातले उत्कृष्ट क्याच लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top