होमपेज / खेलकुद
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सिधै प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत साउदी अरेवियासँगको खेल वर्षाका कारण हुन नसकेपछि नेपाल एक खेलअगावै अन्तिम चारमा प्रवेश गरेको हो ।
यसअघि २ खेलमा जित हात पारेको तथा साउदी अरेवियासँग अंक बाँडेको नेपाल पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।
निरन्तको वर्षाको कारण मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरेवियाबीचको खेल हुन नसकेपछि दुवै टिमले एक-एक अंक पाएका हुन् ।
नेपालले समूह चरणको अन्तिम खेल कतारविरुद्ध बिहीबार खेल्ने तालिका रहेको छ ।