होमपेज / खेलकुद
मनाेज बाेहरा, हुम्ला । हुम्ला जिल्लाका सात गाउँपालिका मध्ये तीन गाउँपालिकाले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न गरेका छन् भने चार गाउँपालिकाले अझै पनि सञ्चालन गर्न सकिरहेका छैनन्।
जिल्ला खेलकुद विकास समिति हुम्लाले गत चैत २६ गते एक सूचना प्रकाशित गर्दै वैशाख ५ गतेसम्म सम्पूर्ण पालिकाले रनिङ्ग सिल्ड प्रतियोगिता सम्म्पन्न गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा भाग लिनका लागि वैशाख ९ गतेसम्म सम्पुर्ण खेलाडीको नाम कार्यालयमा बुझाईसक्नु पर्ने उल्लेख गरेको थियाे। साेही सूचना अनुसार सिमकोट, खार्पुनाथ र ताजाकोट गाउँपालिकाले खेलकुद सम्पन्न गरेका छन् भने नाम्खा, सर्केगाड, चङ्खेली र अदानचुली गाउँपालिकाले खेलकुद सञ्चालन गरेका छैनन्।
गत वैशाख २ गतेबाट सञ्चालन भएको सिमकोट गाँउपालिकाको चौथो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । सिमकोट गाउँपालिकाको आर्थिक सहयोग र कैलाश मावि डाँडाफयाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र ५ कास्य प्राप्त गरी मानसरोवर मावि प्रथम, ५ स्वर्ण, ११ रजत, ६ कास्य प्राप्त गरी बालमन्दिर मावि दोस्रो र २ स्वर्ण, एक रजत, ३ कास्य प्राप्त गरी रलिङ मावि बरगाउँ तेस्रो भएको आयोजकले बताएकाे छ ।
खेलका विभिन्न विधामा जित हात पारेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । प्रतियोगितामा गाउँपालिकाका सात वटा माविको सहभागिता रहेको थियो ।
.jpg)
.jpg)
त्यस्तै गत वैशाख २ गतेबाट नै सुरु भएको ताँजाकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पनि मङ्गलवार सम्पन्न भएको छ । प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य प्राप्त गरी धर्मोदय माध्यामिक विद्यालय प्रथम, ७ स्वर्ण, १३ रजत र ३ कास्य प्राप्त गरी चन्द्र प्रकाश माध्यामिक विद्यालय द्वितीय भएको र ७ स्वर्ण, ५ रजत र ९ कास्यसहित जनप्रकाश माध्यामिक विद्यालय तृतीय भएको गाउँपालिकाका स्रोतले बताएकाे छ । प्रतियोगितामा गाउँपालिकामा रहेका ४ वटा मध्यामिक विद्यालयले भाग लिएका थिए ।
.jpg)
.jpg)
यता खार्पुनाथ गाउपालिकाले भने गत चैत २३ गते नै सम्पन्न गरीसकेको थियाे। पाँच वटा मावि रहेको खार्पुनाथमा लगातार चौथो पटक सीता मावि छिप्राले उपाधि हात पार्न सफल भएको थियो ।
.jpg)
जिल्लाका ७ वटै गाउँपालिकाबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा छनोट भएका खेलाडीले वैशाख ११-१३ सम्म सर्केगाडमा सञ्चालन हुने जिल्लास्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिने छन् ।
.jpg)