ट्रेण्डिङ

होमपेज / खेलकुद

राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामै दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

नेपालगाथा २०७९ चैत्र २२ गते बुधबार १४:४४:०४ मा प्रकाशित

काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब 'लर्डस फुटबल क्लब'मा अनुबन्ध भएकी छिन् । ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी शाही यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् ।

काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् । साफ यू–१८ मा मिडफिल्डमा बलियो पकड बनाएकी शाही लगत्तै विभागीग क्लब त्रिभुवन आर्मीमा आबद्ध भइन् । रेनुका नगरकोटी घाइते भएपछि दीपाले साफ च्याम्पियनसिपमा पहिलो रोजाइमा रहँदै भुटानविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यु गरेकी शाहीले गत महिना सम्पन्न यू–२० प्रतियोगितामा पनि उच्च प्रदर्शन गरेकी थिइन् । जसका कारण राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् ।

नेपालबाट भने यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन् । १६ टिमको सहभागिता रहने लिग दुई समुहमा विभाजित गरी सञ्चालन हुनेछ । लिग भने अप्रिल २५ बाट सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top