ट्रेण्डिङ

होमपेज / खेलकुद

साफ यु–१७ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

नेपालगाथा २०७९ चैत्र १४ गते मंगलबार ११:४१:३३ मा प्रकाशित

काठमाडौँ । साफ यु–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आज मंगलवार आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।

बंगलादेशको राजधानी शहर ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ । नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भूटानलाई हराएको थियो । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top