होमपेज / खेलकुद
काठमाडौं । यू–२० महिला एसियाकप छनोटको दोस्रो चरणमा नेपाल, चीन, म्यानमार र चाइनिज ताइपेई समूह 'बी' मा परेको छ। बिहीबार एएफसीले तालिका सार्वजनिक गरेको हो। एसिया कप छनोटमा दोस्रो चरणका खेल जुन ३ देखि ११ सम्म आयोजना हुनेछन्।
दोस्रो चरणबाट शीर्ष दुईमा परे नेपाल एएफसी यू २० महिला एसिया कपका लागि छनोट हुनेछ। सन् २०२४ को यू २० महिला एसिया कप मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा आयोजना हुनेछ। एसिया कप छनोटको पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६–० गोलको नतिजामा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो।