होमपेज / खेलकुद
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले २-० को अग्रता लिएको छ ।
दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो। दोस्रो हाफ सुरू भएसँगै ५५ औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेका हुन्। यसअघि पहिलो हाफको ३२ औं मिनेटमा हेडिङमार्फत् अनन्त तामाङले गोल गरे। नेपाली राष्ट्रिय टिमबाट सनिस श्रेष्ठले डेब्यु गरेका छन् ।