ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपालको पाँचौ विकेट गुम्यो, भीम सार्की ६७ रनमा आउट

नेपालगाथा २०७९ चैत्र २ गते बिहीबार १७:०४:३१ मा प्रकाशित

काठमाडौँ  । आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा युएईले दिएको ३११ रनको जितको लक्ष्य पछ्याएको नेपालले पाँच विकेटका रुपमा भिम सार्कीलाई ६७ रनमा गुमाएको छ।

९८ रन जोड्दा ४ विकेट गुमाएको नेपाललाई सार्की र आरिफ शेखले पाँचौं विकेटका लागि ८१ रनको साझेदारी गर्दे नेपाललाई खेलमा कायम राखे।

भीमले आफ्नो इनिङमा ७६ बल खेल्दै ६७ रन बनाउँदा ९ चौका प्रहार गरे। अहिले आरिफ शेख ४४ बलमा ३६ रन बनाएर खेलिरहँदा उनलाई साथ दिन गुल्सन झा मैदानमा आएका छन।

३१ ओभरमा नेपाल ५ विकेट गुमाएर १८३ रनको अवस्थामा मैदानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top