होमपेज / खेलकुद
काठमाडौं । यूएईविरुद्धको निर्णायक खेलमा नेपाल दबाबमा परेको छ । कप्तान रोहितकुमार पौडेल पनि चाँडै आउट भएका छन् ।
त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटका रूपमा कप्तान रोहित पौडेललाई १६ रनमा गुमाएको हो । पौडेललाई आयन अफ्जल खानले पभिलियन फर्काएका हुन् । आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङसँगै यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।