होमपेज / खेलकुद
काठमाडौं । घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ ।
एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा नेपालको यो अहिलेसम्मको फराकिलो जित हो । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो ।
यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ ।