होमपेज / खेलकुद
काठमाडौं । घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिते ब्याटिङ थालेको नेपालले शीर्ष क्रमका तीन ब्याटरलाई सस्तैमा गुमाएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ११२ बलमा ९ चौकाको मद्दतमा ७७ रन बनाए ।