होमपेज / खेलकुद
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।
ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको हाे।
जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।